Message from Chairman

Message from Chairman

हार्दिक नमस्कार।

जनसेवा केन्द्र नेपाल मानव सेवा, सामाजिक उत्तरदायित्व, विपद् व्यवस्थापन तथा व्यक्तित्व एवं सामुदायिक विकासका क्षेत्रमा समर्पित एक स्वयंसेवी, गैर–नाफामूलक संस्था हो। समाजमा रहेका असहाय, विपन्न, पीडित तथा जोखिममा परेका व्यक्तिहरूको संरक्षण, सशक्तिकरण र उत्थानका लागि संस्थाले निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछ।

हामी विश्वास गर्दछौं कि कुनै पनि समाजको वास्तविक विकास त्यहाँका नागरिकहरूको नैतिकता, अनुशासन, सामाजिक उत्तरदायित्व र सेवाभावबाट सम्भव हुन्छ। यही मान्यतालाई आत्मसात गर्दै जनसेवा केन्द्र नेपालले मानविय सेवा, सामाजिक न्याय, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा, योग तथा शारीरिक सशक्तिकरण, नेतृत्व विकास र आर्थिक सशक्तिकरणका विविध कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ।

हाम्रो सभ्यता, संस्कृति, संस्कार र मौलिक जीवन दर्शनले सदियौँदेखि मानव कल्याणको मार्ग देखाउँदै आएको छ। “सर्वे भवन्तु सुखिनः” भन्ने महान आदर्शलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगिकार गर्दै हामी समाजमा सद्भाव, सहकार्य, आत्मनिर्भरता र सकारात्मक परिवर्तनको वातावरण निर्माण गर्न प्रयत्नशील छौं।

जनसेवा केन्द्र नेपालले सरकारी निकाय, गैरसरकारी संस्था, समुदाय, स्वयंसेवक तथा सम्पूर्ण सरोकारवालाहरूसँग सहकार्य गर्दै दिगो सामाजिक विकासका अभियानहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास लिएको छ। समाज परिवर्तनको यस अभियानमा सबैको सहभागिता, सहयोग र योगदान अपरिहार्य रहेको हामी महसुस गर्दछौं।

यस महान एवं पवित्र अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, सहयोग र समर्थन प्रदान गर्नुहुने सम्पूर्ण व्यक्ति, समूह तथा संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। आगामी दिनहरूमा पनि यहाँहरूको निरन्तर साथ, सद्भाव र सहयोग प्राप्त हुने अपेक्षा राख्दै जनसेवा केन्द्र नेपालको उद्देश्य प्राप्तिका लागि हामी अझ दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।

धन्यवाद।

सेवा, समर्पण र सहकार्यका साथ।

सरोज उपाध्याय

अध्यक्ष
जनसेवा केन्द्र नेपाल